रामग्राम नगरपालिकाको बजेट एक अर्ब १७ करोड, चार विद्यालयलाई नमुना बनाउने

प्रकाश न्यौपाने नवलपरासी, संवाददाता
Read Time = 3 mins

नवलपरासी । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले आगामी आर्थिक बर्षको लागि नीति कार्यक्रम तथा बजेट पारित गरेको छ । नगरपालिकाले बह्रौ नगरसभाबाट आर्थिक बर्ष २०८०।८१को लागि नीति कार्यक्रम तथा बजेट पारित गरेको हो ।

रामग्राम नगरपालिकाका नगप्रमुख धनपत यादवले नीति तथा कार्यक्रम प्रस्तुत गदै चार वटा बिद्यालयलाई नमूना बिद्यालयको रुपमा अगाडी बढाउने यसले सामुदायिक बिद्यालयहरुको खकस्दो गुणस्तरलाई सुधार गर्नको निम्ती उक्त योजना आघि बढाउन लागेको बताउनु भयो ।

विद्यार्थीहरुको दैनिक उपस्थितको आधारमा बढाउन गत बर्ष सुरु गरिएको कार्यक्रम यसबर्ष निरन्तता दिईएको यादवले बताउनु भयो । उहाँले नगरपालिकाले आफै पनि सोलारबाट एक मेघावट बिद्युत उत्पादन गर्ने योजना अघि सारेको बताउदै उक्त सोलारबाट उत्पादनको भएको एक मेघावट बिद्युतलाई नेपाल बिद्युत प्राधिकारणलाई बिक्री गर्ने योजना ल्याएको छ । नगरपालिकाको पचास प्रतिशत तथा वैकल्पिक उर्जा प्रबर्दन केन्द्र प्रतिशत गरी प्लान्ट निमार्णका लागी आठ करोड बजेट छुट्याइएको छ । रामग्राम स्तुपलाई कसैले ध्यान दिएको भन्दै नगरपालिकाले रामग्राम बिकास कोष ऐन निमार्ण गरी नगरसभाबाट पारित गरिएको यादवले बताउदै रामग्राम स्तुपाको बिकासको पहल गर्ने बताउनु भयो ।

रामग्राम नगरपालिकाकी नगरउप्रमुख सम्झना चौधरीले बजेट प्रस्तुत गदै आर्थिक बर्ष २०८०।८१को लागि कुल एक अर्ब १७ करोड १८ लाख ८८ हजार बजेट सार्वजनिक गर्नु भयो । चालु तर्फ ४३ करोड ३५ लाख ६२हजार तथा पुँजीगत तर्फ ७३ करारेठ ८३ लाख २६ हजार बजेट बिनयोजन गरिएको छ । संघिय सरकारबाट ६७ करोड ५९ लाख रुपैयाँ , लुम्बिनी प्रदेश सरकारबाट ३ करोड ६२ लाख अनुदान, आन्तरिक राजश्व र चालु आर्थिक बर्षबाट बचत हुने सक्ने अनुमानित रकम ४५ करारेड १७ लाख ११ हजार रुपैया आय हुने गरि कुल एक अर्ब १७ करोड १८ लाख ८८ हजार अनुमान गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्काले जानकारी दिनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?