आइएमई मोटर्सको लोन मेला

Read Time = 1 min

काठमाडौं । आइएमई मोटर्सको अशोक लेल्याण्डले ग्राहकलाई लक्षित गरी ‘लोन मेला’ आयोजना गर्ने भएको छ । नेपालगञ्ज, जीतपुर, इटहरी र बर्दिबासमा असोज ४ गतेसम्म र बिर्तामोड, बुटवल, धनगढी, हेटौंडा, पोखरा र दाङमा असोज ६ देखि ७ गतेसम्म मेला आयोजना हुने कम्पनीले जनाएको छ ।

उक्त सुविधा साना गाडी दोस्त, ट्रक ट्रिपर साथै बसमा पनि उपलब्ध हुने र नेपालभरका सम्पूर्ण शाखाबाट सुविधा लिन सकिने कम्पनीले जनाएको छ । मेलामा अशोक लेल्याण्ड गाडीका लागि कम ब्याजदरमा अधिकतम फाइनान्स सुविधाको व्यवस्था रहेको बताइएको छ । आइएमई मोटर्सले एम्बुलेन्स, दमकल, ट्रक, टिपर, स्कुल बससहित साना तथा ठूला कमर्सियल गाडी बिक्री गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?