गन्धर्वहरुको पुख्र्यौली पेशा संकटमा

फाइल फोटो

विवेक खड्का दाङ, संवाददाता
Read Time = 4 mins

दाङ । लोक भाकाहरु गाँउ–वस्तीमा गुनगुनाउदै हिड्ने गन्धर्वहरुको पुख्र्यौली पेशा अहिले ओझेलमा परेको छ । एकाबिहानै सारंगी बोकेर गाँउ टोलमा घुम्ने गन्धर्वहरु अहिले आफ्नो पेशावाट टाढिदै गएका छन् । गाँउगाँउमा पहिले सञ्चारको काम समेत गर्ने गरेका उनीहरु रेडियो तथा टेलीभिजनको सर्वसुलभवता संगै आफ्नो पेशा संकटमा परेको गन्धर्व अगुवाहरुको बुझाई रहेको छ ।

पुराना लोकभाका तथा कारगीलको युद्धका गितहरु लिएर हरेक नेपालीको घर आँगनमा पुग्ने गन्धर्वहरु अहिले घरटोलमा पुग्न छोडिसकेका छन् । पहिले बडादशैको वेलामात्रै गाँउ घुमेर उठाएको अन्नले महिनौ खान पुग्ने भएपनि अहिले समय परिवर्तन भए सगै पेशामा समेत परिवर्तन भएको उनीहरुको भनाई छ । केही वर्ष अघिसम्म दाङका विभिन्न स्थानमा गन्धर्वहरु मालश्री धुनमा गित गाउँदै गाँउ शहर डुल्ने गर्थे, तर अहिले परम्परा र संस्कृति जोगाउँदै केही गन्धर्वले मालश्री गाउने गरेको भेटिए पनि सुन्नेले चासो नदिने भएकाले पेशा छोड्दै गएको उनीहरुको अनुभव छ । ग्रामीण क्षेत्रमा सारंगी र यसको महत्व बुझ्ने मानिसको कमीहुनु र युवा पुस्ता आय आर्जनका लागि वाहिरिनु यसको प्रमुख कारण भएको गन्धर्व अगुवाहरुको वुझाई छ । पहिला गाँउघरमा सारङ्गी वोकेर जादा खुशीकासाथ सत्कारहुने गरेको चित्रसिंह गन्धर्व बताउनुहुन्छ । “घरको दैलोमा वसेर पुराना लोकभाका गाँउदा अर्को पनि गाँउ भनेर भन्ने गर्थे” चित्रसिंहले भन्नुभयो । तर अहिले अवस्था यस्तो छैन। “हाम्रो पालासम्म त सवैले सारङ्गी बजाउन र गाउन समेत सीकेका थियौ तर अहिलेको पिंढिले त सिक्न पनि खोजेन” गन्धर्वले भन्नुभयो ।

आधुनिक सञ्चारका साधनको पहुँच नहुने बेलासम्म गाउँका मानिसलाई समाचार र मनोरञ्जन दिने माध्यम बनेका गन्धर्व अहिले विकसित विद्युतिय मनोरञ्जनका साधनको विकास संगै हराउन थालेका छन् । “हामिले हाम्रो पालामा विहानै उठेर गाँउगाँउमा साहु महाजनकहाँ गएर सारङ्गी रेटेर गित गाँउदा पाएको अन्नले परीवार राम्रै संग चलेको थियो” राजबहादुर गन्धव थप्नुहुन्छ उहिले गाँउमा गित गाँउदा कतिले त अन्नको संगै पैसा पनि दिने गर्थे, गाईने दाई भनेर सम्मान पनि गर्थे तर अहिले गयो भने करले दिएको जस्तो गर्छन् । त्यसो त गाँउ वेशी डुलेर गित गाँउदै जिविका चलाउने गन्धर्वहरु चेतनामा आएको विकास संगै स्थाई वसोवास गरी रमाउन थालेका छन् । पहिले महिनौ सम्म गाउदै हिड्ने गन्धर्वहरु अहिले गाउन हिडेपनि बेलुका घर फर्कने गरेको उनीहरु नै बताउछन् ।

दाङको घोराही उप महानगरपालिका वडा नं. १४ मा रहेको नयाँ गाँउमा ७५ घर परिवार गन्धर्वहरु स्थायी रुपमा बस्दै आएका छन् । नयाँ पुस्तामा सारङ्गी बजाउन जानेको युवा विरलै भेटिन्छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?