युएईका विदेशमन्त्री र बेलाइत विदेश राष्ट्रमण्डल प्रतिनिधिबीच भेटवार्ता

Read Time = 2 mins

अबुधाबी । युएईका विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाहृयानले मध्यपूर्व, उत्तर अफ्रिका, दक्षिण एसिया र संयुक्त संघका राज्यमन्त्री लर्ड तारिक अहमदसँग भेटवार्ता गर्नु भएको छ । उहाँ बेलाइत विदेश राष्ट्रमण्डल र विकास कार्यालय एवं द्वन्द्व रोकथाम विषयमा प्रधानमन्त्रीका विशेष प्रतिनिधि हुनुहुन्छ ।

अबुधाबीमा भएको भेटवार्तामा दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध र आपसी सहयोग र साझेदारीको समीक्षा भएको बताइएको छ । उहाँहरूबीच आपसी हितका विभिन्न विषय, द्वन्द्वग्रस्त क्षेत्रमा नागरिकको सुरक्षा, उनीहरूलाई सहयोग र मानवीय प्रतिक्रिया प्रदान गर्ने बारे पनि छलफल गर्नुभएको थियो ।

सो अवसरमा अन्तर्राष्ट्रिय संगठनको ढाँचामा संयुक्त सहयोगको समीक्षा, विकास र समृद्धिका लागि जनताको आकांक्षा पूरा गर्नुका साथै विभिन्न क्षेत्र, विश्वको सुरक्षा, शान्ति र स्थिरता अभिवृद्धि गर्नेलगायत विषयमा छलफल भएको थियो ।

शेख अब्दुल्लाह बिन जायद, लर्ड तारिक अहमदबीच युएई-युके सम्बन्धको गहिराइ, विभिन्न क्षेत्रमा दुई देशद्वारा प्राप्त विशिष्ट रणनीतिक साझेदारीमा जोड दिइएको बताइएको छ । रासस/एएनआई ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?