राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत १० कवि घोषित

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानको ६६औं वार्षिकोत्वसका अवसरमा शनिबार आयोजित राष्ट्रिय कविता महोत्सवमा सर्वाेत्कृष्टताका आधारमा पुरस्कार पाउने कविहरूको नाम घोषणा गरिएको छ । प्रतियोगितामा नेपाली भाषामा ‘सिमाना र देश’ शीर्षकका लागि कवि उमेश पुनर छोरी, ‘रक्तिम कथा’ शीर्षकका कृपाकरुणा पोखरेल, ‘प्रश्नहरूको विज्ञप्ति’ शीर्षकका जीवन आरोही, ‘कविले के सम्झियो ?’ शीर्षकका तीर्थराज विश्वकर्मा, ‘भेरी अभिशप्त बगिरहेछ’ शीर्षकका नवीन अभिलाषी, ‘नौरानको नाम’ शीर्षकका प्रकाश दिप्साली राई र ‘परिचयपत्र’ शीर्षकका कवि राधिका कल्पित पुरस्कृत हुने भएका छन् ।

यस्तै, मातृभाषा डोटेलीमा खिमानन्द जोशीको (मुई गोठ नाइँ भान्या हुँ) र पूर्णानन्द ओझाको (सन्निको मान्सा) तथा खाममगर भाषामा टंकबहादुर झाँक्रीमगर (वैरागी समीप)को (रहुन्के वे बड्डा) कवितालाई उत्कृष्ट घोषणा गरिएको छ ।

प्रतियोगितामा उत्कृष्ट १० कविलाई जनही १५ हजार रुपैयाँ राशिको पुरस्कार दिइनेछ । कविहरू प्रतिसरा सायमी, रमण घिमिरे, हाङयुग अज्ञात, ओमकार उप्रेती ‘प्रथा’ र दीपक सापकोटाको छनोट समितिले मूल्यांकन गरेको प्रतिष्ठानका सदस्यसचिव डा.धनप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

प्रतिष्ठानले हरेक असार ९ गते गर्दै आएको सो महोत्सवमा परम्परागत रूपमा नेपाली भाषाका कविताका अतिरिक्त यसपटकदेखि समावेशी सहभागिताका लागि बहुभाषिक कविता आवाहृन गरिएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?