काठमाडौं । आठौँ आरबिबी-एनभिए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत पुरुषतर्फ नेपाल पुलिस क्लबले विजयी सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सुुरु भएको च्याम्पिनसिपको पहिलो दिन शनिबार पुलिसले कर्णाली प्रदेशलाई ३-० ले हराएको छ । पुलिस २५-९, २५-१३ र २५-१३ ले विजयी भएको हो ।
यस्तै, महिलातर्फ एभरेष्ट भलिबल क्लबले पनि विजयी सुरुवात गरेको छ । एभरेष्टले कर्णाली प्रदेशलाई ३-० को सोझो सेटमा हरायो । एकतर्फी खेलमा एभरेष्ट २५-१२, २५-७, २५-११ ले विजयी भएको हो ।
एभरेष्टले नेपाली टोलीकी कप्तान अरुणा शाहीसहित भारतीय राष्ट्रिय टोलीबाट पहिलो रोजाइमा खेल्ने स्टार मिडल ब्लकर सुर्या थोटंगल, केपी अनुश्री र जिन्सी जोनसनलाई पनि अनुबन्ध गर्दै बलियो टोली बनाएको छ ।
एभरेष्ट प्रतियोगिताको समूह ‘ए’ मा छ । यस समूहमा गत संस्करणको विजेता नेपाल पुलिस क्लब, विभागीय टोली त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश पनि छन् । अर्को समूहमा चन्द्रागिरि नगरपालिका न्यु डायमण्ड, नेपाल एपिएफ क्लब र मधेश प्रदेश छन् । दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
यस्तैै, कोशी प्रदेशले ढोरपाटन क्लबलाई ३-१ ले हराएको छ । समूह ‘ए’को खेलमा पहिलो सेट गुमाएको कोशीले २३-२५, २५-२०, २५-१८ र २५-१९ ले विजयी भएको हो । त्यसअघि युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र चन्दले आजीवन सदस्यता प्रदान गर्नुभएको थियो । संघले केही अघिबाट समाजका विभिन्न व्यक्तित्वलाई आजीवन सदस्यता वितरण गर्दै आएको छ ।
आठ दिनसम्म चल्ने प्रतियोगितामा महिलातर्फ सात र पुरुषतर्फ १३ टोलीको सहभागिता छ । दुवैतर्फका विजेता टोलीले पाँच लाख, दोस्रो टोलीले दुई लाख र तेस्रो टोलीले एक लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच