ईयूद्वारा युक्रेनलाई तीन अर्ब युरोको सैन्य सहायता

Read Time = 2 mins

ब्रसेल्स । युरोपेली संघ काउन्सिलले (ईयू) विदेशमन्त्रीहरूले युक्रेनलाई हतियार आपूर्तिका लागि पैसा छुट्याएको उल्लेख गरेको रूसी समाचार एजेन्सी तासले जनाएको छ ।

लक्जेम्बर्गमा भएको बैठकपछि ईयूका २७ सदस्य राष्ट्रका विदेश मन्त्रीहरूले युरोपेली शान्ति सुविधामा ३.५ बिलियन युरोको बजेट बढाएर अनुमोदन गरेका छन् । साथै, ब्रसेल्सले युक्रेनलाई हतियार आपूर्तिको लागि रकम विनियोजन गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘काउन्सिलले युरोपेली शान्ति सुविधाको समग्र वित्तीय सीमा सन् २०२३ मार्च २० देखि लागू हुनेगरी अघिल्लो सम्झौताको आधारमा सो थप रकम वृद्धि गर्ने निर्णय गरेको छ ।’

‘यो कार्य वित्तीय दिगोपन र सुरक्षित र शान्तिपूर्ण भविष्य सुनिश्चित गर्न र यसको विश्वव्यापी भौगोलिक दायरा र संकट र द्वन्द्वहरूलाई रोक्न र त्यसका लागि शीघ्र प्रतिक्रिया गर्ने ईयूको क्षमतालाई जोगाउन हो’, विज्ञप्तिमा भनिएको छ । रासस/एएनआई ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?