यस्तो छ- आजको फलफूल तथा तरकारीको मूल्य

Read Time = 2 mins

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।

जसअनुसार लोकल गाजर प्रतिकेजी न्यूनतम मूल्य ११०, भारतीय प्याज सुकेको प्रतिकेजी मूल्य ४३, घिउ सिमी लोकल ८०, कुरीलो प्रतिकेजी २००, काउली स्थानिय प्रतिकेजी ६० रुपैयाँ , आलु रातो ४४, नेपाली गोलभेडा ठूलो ४५, टनेल गोलभेडा सानो १२, लौका ७० कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी २८० रुपैयाँ , ब्रोकाउली ६०, कागती १५० रुपैयाँ,तोरीको साग रू ४०, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ६० रुपैयाँ ,लोकल काक्रो ६०, गुन्दुक २५०, अदुवा प्रतिकेजी २८० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार केरा दर्जन १३०, अनार ४०० रुपैयाँ, आभोकाडो ६०० रुपैयाँ, अंगुर कालो ५८०, हरियो खुर्सानी अकबरे १२० रुपैयाँ, रहु माछा ३१५, ताजा माछा(मुंगरी) ३२० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै, मालदह आँप ७०, हरियो धनिया १५०, लोकल लीच्ची ९०, खुर्सानी सुकेको ४५०, लसुन १६०, चाइनिज लसुन २१०, छ्यापी सुकेको १३० मा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?