ज्योतिषाचार्य नारायणप्रसाद भण्डारी
आज मिति २०८० असार १४ गते बिहीबार, ई.सं. २९ जुन, २०२३ । तिथि- आषाढ शुक्लपक्ष एकादशी, नक्षत्र- स्वाती, १३ः२२ बजेपछि विशाखा, योग- सिद्ध, करण- वणिज, चन्द्रराशि- तुला, सूर्योदयः ५ः१२, सूर्यास्तः १९ः०२ ।
मेष : एक्लोपना र निराशाले सताउनाले मन एकतमासको बन्न सक्छ ।
वृष : नयाँ व्यापार वा व्यवसायतर्फ मन आकर्षित हुनेछ ।
मिथुन : खर्च बढे पनि घरायसी सुखसुविधाका सामाग्रीको जोहो हुनेछ ।
कर्कट : भाइबहिनी वा सन्ततिका तर्फबाट दुखद् खबर प्राप्त हुनेछ ।
सिंह : घरायसी समस्याहरू देखा पर्न सक्छन् ।
कन्या : मनमा देखिएका निराशा र खिन्नताको समाप्ति हुनेछ ।
तुला : कुनै भौतिक सामान खरिद गर्नका लागि समय राम्रो छ ।
वृश्चिक : प्रतिफल प्राप्त नहुने क्षेत्रमा निरर्थक लगानी हुने भय छ ।
धनु : मेवा-मिष्टान्न आदि खाने वातावरण मिल्नेछ ।
मकर : धार्मिक गतिविधि, दर्शन र अध्यात्मतर्फ लाग्न प्रेरणा प्राप्त हुनेछ ।
कुम्भ : आफ्ना कामबाट पछुताउनुपर्ने अवस्था आउनेछ ।
मीन : प्राज्ञिक र बौद्धिक क्षमता बढाउनु राम्रो हुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच