बारागढी गाउँपालिकालाई देशकै नमूना पालिका बनाउछौं: अध्यक्ष जयसवाल

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 4 mins

बारा । बारागढी गाउँपालिकालाई देशकै नमूना पालिका बनाउने बारागढी गाउँपालिकाका अध्यक्ष अशोक कुमार जयसवालले बताउनुभएकाे छ । पालिकालाई देशकै नमूना पालिका बनाउनका लागि पहिलो चरणमा शिक्षा स्वास्थ्य खानेपानीलगायतको कामहरु अगाडी बढाइएको छ ।

कुनै पनि देश वा समाजको विकासको लागि शिक्षा नभई नहुने कुरा हो, उहाँले भन्नुभयो ‘त्यसैले म जितेर आएपछि सबैभन्दा बढी शिक्षामा जोड दिएको छु । मेरो कार्यकालको पहिलो वर्ष विशेष गरि शिक्षा सुधारमा नै रह्यो । गुणस्तरीय शिक्षाको लागि खाली शिक्षक मात्र भएर हुँदैन । शिक्षा ग्रहण गर्ने स्थानको वातावरण सरसफाईलगायतको कुराहरु पनि चुस्त दुरुस्त हुनु जरुरी हुन्छ । त्यसैले पहिलो वर्ष ८ वटा विद्यालयको खानेपानी, चर्पी र भवन चुस्तदुरुस्त गर्ने काम अन्तिम चरणमा पुगिसकेको छ । पहिला पनि चर्पी थियो तर अपुग रहेको थियो, सरसफाई थिएन । खानेपानीको राम्रो सुविधा थिएन । अहिले गएर हेर्नुस् पहिलो चरणमा व्यवस्थापन गरिएका विद्यालयहरुमा खानेपानी, चर्पीलगायतको अभाव छैन । यी सबै विद्यालयहरुको चर्पी, स्कुल सफासुग्घर छन् ।' स्वच्छ खानेपानीको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो ।

पालिकाको प्राय सबै सडकहरु पक्की र ढलान गर्ने कार्य अगाडी बढाइएको छ भने पालिकाको आफ्नो भवन बनेर तयार भईसकेको छ । केही दिनभित्रै पालिका आफ्नो भवनबाट संचालनमा आउदैछ । उहाँले भन्नुभयो,‘ म कमाउनको लागि पालिकामा आएको होइन । मलाई भगवानले सबैथोक दिनुभएको छ । कुनै कुराको कमी छैन । म त बारागढी गाउँपालिकाको विकासको लागि जनप्रतिनिधि बनेर आएको हुँ । त्यसैले यो पालिकाको विकासको लागि अहोरात्र खट्ने गरेको छु । पालिकावासीहरुको विकास र समृद्धिको लागि प्रदेश र केन्द्रबाट बजेट माग गरिएको छ  ।' यस पालिकामा चाँडै नै सुविधा सम्पन्न अस्पताल निर्माण हुन गइरहेको उहाँले बताउनुभयो ।

उहाँले काम गर्दाको खुशी संगै काममा अवरोध गर्नेहरुबाट दुःख झेल्नु परेको बताउनुभयाे । कुनै पनि काम अगाडी बढाउँदा विना कारण अख्तियारमा उजुरी दिने, पत्रकारहरुबाट विरोधमा सामाचार सम्प्रेशन गराउने जस्ता कामहरु हुँदै आएको उहाँकाे भनाइ छ । केही दिन अगाडी मात्रै सरोकार नै नभएको कर्मचारीको नामबाट केही संचार माध्यमहरुले समाचार सम्प्रेशन गरी पालिका नै बदनाम गराउने कार्य भएकाे पनि उहाँले बताउनुभयाे । यसरी स्वच्छ र निष्पक्ष काम गर्दा दुःख दिन नहुने उहाँकाे भनाइ छ । यथार्थ कुरालाई बाहिर ल्याइदिन उहाँले माग गर्नुभयो ।

म यहाँ काम गर्न आएको छु उहाँले भन्नुयो, ‘म बाट कुनै गल्ती भएको छ भने निर्धक्क भएर सत्य तथ्य बाहिर ल्याउन उहाँले आग्रह गर्नुभयो ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?