अदालतका कर्मचारी कुटपिट गरेको आरोपमा वकिल पक्राउ

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्रहरीले ललितपुर जिल्ला अदालतका कर्मचारीलाई कुटपिट गरेको आरोपमा एकजना वकिललाई पक्राउ गरेको छ ।

अदालतकी महिला कर्मचारीले आफूलाई कुटपिट तथा अभद्र व्यवहार गरेको भनेर जाहेरी दिएपछि वकिल अमिर लामिछानेलाई पक्राउ गरिएको ललितपुरका प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिनुभयो ।

अदालतको मिसिल नदिएको भन्दै उनले कुटपिट गरेको आरोप लागेको प्रहरीले जनाएको छ । फोटोकपी लिएर जान अनुरोध गर्दा पनि नमानेको बताइएको छ ।

उनीविरुद्ध अभद्र व्यवहार कसुरमा मुद्दा अघि बढाउने प्रहरीले जनाएको छ । आज सार्वजनकि बिदा भएकाले भोलिमात्रै म्याद थप हुने कार्कीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?