नागरिकको उपचार गर्ने दायित्वबाट राज्य पछि हट्न सक्दैन : स्वास्थ्यमन्त्री

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नागरिकको उपचार गर्ने दायित्वबाट राज्य पछि हट्न नसक्ने बताउनुभएको छ ।
शुक्रवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित राष्ट्रिय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले विपन्नका लागि १० प्रतिशत शैय्या छुट्याएर उपचार निःशुल्क गर्ने व्यवस्था गरिसकेको भन्दै अब जस्तोसुकै बेलामा पनि विपन्न भएकाहरुले उपचार पाउने बताउनु भयो । उहाँले जस्तोसुकै अफ्ठ्यारो परिस्थितिको सामना गर्दै सरकार नागरिकलाई स्वास्थ्य सेवा दिन तयार रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो निर्णय भित्र नपरेका पनि गरी ७७ वटै जिल्लाका निमुखा बिरामीहरु कतै १० प्रतिशत निःशुल्क बेड त्यहाँ पुगिसकेको कारणले उपचार भएन र त्यहाँ कोटा पुगिसकेको छ भनेपनि र अर्को साल, अर्को महिना भन्ने किसिमले कुरा भयो भनेपनि अत्यन्तै गरिव, विपन्न, असहाय, गरिव जसलाई गम्भीर रोग लागेको छ । अफ्ठ्यारो अवस्थामा परेको छ । तिनीहरुको हकमा साँच्चिकै ठूलो समस्या आइलाग्यो भने स्थानीय तहका साथीहरुले हामीलाई सिफारिस गरे उसको जिउ, ज्यान बचाउने काममा हामी सहयोग गर्नेछौँ । यसका लागि जस्तोसुकै अवस्थामा पनि हामी तयार छाँै । विभिन्न कारणले स्वास्थ्य मन्त्रालयकोबजेट कटौति भएको थियो । अझै २० प्रतिशत कटौति छ र पनि यो अफ्ठ्यारो परिस्थितिमा जनतको उपचार गर्ने राज्यको दायित्वबाट पन्छिदैनौँ । हामी जनताको उपचार जस्तोसुकै बेलामा पनि गर्नेछौँ ।’

मन्त्री बस्नेतले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?