आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का अकुत सम्पत्ति आर्जनमा दोषी ठहर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपालबहादुर खड्कालाई अकुत सम्पत्ति आर्जनमा दोषी ठहर भएका छन् ।
विशेष अदालतले खड्कालाई अकुत सम्पत्ति आर्जनमा दोषी ठहर गरेको हो ।

आज विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यहरू शालिग्राम कोइराला र डा. खुसी प्रसाद थारुको इजलासले उनलाई दोषी ठहर गरेको हो । खड्कालाई १ वर्ष तीन महिना कैद सजाय र १८ करोड रुपैयाँभन्दा बढी बिगो र जरिवाना तोकिएको छ । साथै उनको नाममा भएको सबै सम्पत्ति जफत हुनेछ भने श्रीमतीको नाममा भएका दुईवटा जग्गा जफत गर्न विशेष अदालतले आदेश दिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २३ पुस २०७८ मा खड्कामाथि १८ करोड ६६ लाख ५ हजार ६२९ रुपैंया गैरकानुनी रुपमा आर्जन गरेको अभियोग लगाएको थियो ।

२०६९ चैत २ देखि निगमको कार्यकारी निर्देशक रहेका खड्काले पदमा बहाल रहँदा २७ करोड ३० लाख ७५ हजार ३८० रुपैयाँ खर्च तथा लगानी गरेको र उक्त लगानीमा ८ करोड ६४ लाख ६९ हजार ७५१ रुपैयाँको मात्र स्रोत खुलेको अख्तियारले जनाएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?