काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले उपभोक्ता कर्जा निर्देशिका, २०७७ बमोजिम ‘मेरो घर कर्जा’ योजना ल्याएको छ । घर खरिद, घर निर्माण तथा जग्गा खरिद गर्न अधिकतम् पाँच करोड रुपैयाँसम्मको मेरो घर कर्जाको ब्याजदर बेसरेटमा १.२० प्रतिशत प्रिमियम जोडिनेछ ।
हाल बैंकको बेसरेट ८.२५ प्रतिशत छ, जसमा १.२० प्रतिशत प्रिमियम जोड्दा वार्षिक ९.४५ प्रतिशत ब्याजदरमा मेरो घर कर्जा प्रदान गर्नेछ । कर्जा प्रशोधन तथा सेवा शुल्क एकपटकका लागि कर्जा रकमको ०.२५ प्रतिशत लाग्नेछ ।
कर्जा रकम मासिक किस्ताबन्दीमा भुक्तानी गर्ने गरी अधिकतम् २० वर्षका लागि प्रदान गरिने बैंकले जनाएको छ । बैंकले दुई सय ८६ शाखा कार्यालय र ७० वटा एक्सटेन्सन काउन्टरमार्फत् बंैकिङ सेवा प्रदान गर्दै आएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच