सिरहामा लागु औषधसहित तीन पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

सिरहा । सिरहामा लागुऔषधसहित तीन जना पक्राउ परेका छन् ।

सिरहा नगरपालिका– ७ बाट प्रहरीले प्रतिबन्धित लागुऔषध खैरो हेरोइनसहित तीनजनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सदरमुकामस्थित ट्राफिक चोकबाट ७०।९३ ग्राम खैरो हेरोइन र तौल गर्ने डिजिटल मेसिनसहित तीन युवकलाई पक्राउ गरेको हो।

प्रहरी नायव उपरीक्षक रविन्द्रराज पाण्डेका अनुसार पक्राउ पर्नेहरुमा सिरहा– ८ का २० वर्षीय विवेक ठाकुर र १९ वर्षीय मनिष यादव तथा  सिरहा– २० का १९ वर्षीय सत्यनारायण कारक छन्। उनीहरुविरुद्ध सिरहा जिल्ला अदालतबाट शुक्रबार लागुऔषध मुद्दामा १० दिनको म्याद लिएर जिल्ला प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?