पहिरोले पाल्पामा ठाउँ–ठाउँका सडक ठप्प

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 4 mins

पाल्पा । दुई दिनदेखी लगातार परेको अविरल वर्षाका कारण सदरमुकाम जोड्ने मुख्य ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध बनेका छन् । पहिरो खस्दा शनिबार बिहानैदेखि अधिकांश सडकमा यातायात चलेका छैनन् । रातिदेखि लगातार पानी पर्न नरोकिएपछि कच्ची बाटो चिप्लो छ । भेलले खाल्डाखुल्डी परेको र पहिरो खस्ने डरका कारण बिहानैदेखि छोटो दुरीमा छिटफुट बाहेक सवारी साधान चल्न सकेका छैनन् ।

यहाँका अधिकांस सडकहरु अवरुद्ध छन् । सिद्धार्थ राजमार्गको तानसेन–पोखरा सडक सडक खण्डको चिदिपानी धैरेनीमा लेदो सहित पहिरो खस्दा सडक अवरुद्ध भएको छ । यस्तै राम्दीदेखी रामपुर जाने कालीगण्डकी करिडोर क्षेत्रको सेरामा पहिरो खसी सडक अवरुद्ध भएको छ । लेदो हटाउन २ वटा मेसिन तयारी अवस्थामा रहे पनि लगातारको बर्षाका कारण काम गर्न कठिनाई भएको डिभिजन सडक कार्यालय पाल्पाका डिभिजन प्रमुख प्रदिपमणी निरौलाले बताउनुभयो ।

तानसेन रिडी सडक खण्डकको ढुङ्गाखानीको तीन लाकुरी खण्डमा पहिरो खस्दा सडक अवरुद्ध भएकोमा सडक खुलाउने प्रयास भईरहेको पाल्पा प्रहरीले जनाएको छ । यस्तै तानसेन रानीमहल सडक खण्डको रानीमहल माथि पहिरो खस्दा सडक अवरुद्ध भएको छ । तानसेन बुटवल सडकखण्डको सिद्धवावा क्षेत्र, पानी मिल क्षेत्रमा बगेको लेदो तथा पहिरो पन्छाएर एकतर्फी सडक सञ्चानमा आएको डिभिजन प्रमुख निरौलाले बताउनुभयो ।

राजमार्ग क्षेत्र बुटवल तानसेन सडकखण्डको हिउँदे खोलामा स्काभेटर, पानी मिल क्षेत्रमा लोडर, बर्तुङ्गमा जेसीवी आर्यभञ्ज्याङ्ग लोडरसहित जनशक्ती तयारी अवस्थामा राखेर अवरुद्ध भएको क्षेत्रमा ढिलोमा १ घण्टा भित्र पुग्ने गरी व्यबस्थापन मिलाइएको सडक डिभिजन पाल्पाका डिभिजन प्रमुख निरौलाले बताउनुभयो । पुर्वखोलाको हेक्लाङ्ग, रम्भाको फोक्सिङकोट सडकमा समेत पहिरो खस्दा बन्द भएको ताँहु प्रहरीचौकीले जनाएको छ । आर्यभञ्ज्याङ्ग–रामपुर सडकको बेलडाँडामा खसेको पहिरो डोजरले हटाई सडक सूचारु गरेको प्रहरी चौकी जप्कादीले जनाएको छ ।

तानसेनदेखि गुल्मी जाने सडकको ढुंगाखानी र सम्मोबारी नजिक पहिरो खसेर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । पाल्पाकै कालीगण्डकी करिडोर अन्तर्गत सिद्धार्थ राजमार्गको पिपलडाँडादेखि रामपुर जाने सडक अवरुद्ध भएको छ । कालीगण्डकी करिडोरअन्तर्गत पाल्पा रम्भा गाउँपालिका–२ र ३ को सिमाना सहर्दीखोला पुल नजिकै माथिल्लो भागबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?