आज श्री एअरलाइन्सका सबै उडान स्थगित

Read Time = 1 min

काठमाडौं । आज श्री एयरलाइन्सका सबै उडान स्थगित हुने भएका छन् ।

श्री एअरलाइन्स प्रालिले आज आइतवारका लागि पूर्व निर्धारित सबै उडानहरु स्थगित गरेर बिमान परिक्षण गर्ने भएको हो ।

एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले शनिबार जारी गरेको प्रेस नोट अनुसार आइतवारका सबै उडान स्थगित गरिएको छ । उहाँका अनुसार श्री एअरलाइन्सका सबै उडान स्थगित गरी आइतबार दिनभर कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको छ ।

सोमबारदेखि भने सबै उडान नियमित रुपमा सञ्चालन हुनेछन् ।

शनिबार काठमाडौंबाट धनगढीका लागि दिउँसो ३ः३० बजे उडेको विमानमा प्राविधिक समस्या आएको थियो । जसकारण धनगढी उडेको सो विमान पुनः काठमाडौं नै फिर्ता गरी अबतरण गराईएको थियो ।

सो घटनापछि एयरलाइन्सले सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय लिएको श्री एअरलाइन्सले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?