खुमलटार पुगेर विवेक ओबरायले भेटे प्रचण्ड

Read Time = 2 mins

काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका भारतीय अभिनेता विवेक ओबरायले माओवादी अध्यक्ष प्रचण्डलाई भेट्नुभएको छ । बुबा सुरेश ओबरायसँगै खुमलटार उहाँले आज प्रचण्डलाई भेट्नुभएको हो ।

प्रचण्डकी पुत्री तथा सचिवालय सदस्य गंगा दाहाल पनि भेटवार्तामा सहभागी हुनुहुन्थ्यो । उहाँले भेटघाटको फोटो सामाजिक सञ्जालमा पोस्ट गर्नुभएको छ ।

आजै ओवरायले पशुपतिनाथ मन्दिरमा पञ्चामृत अभिषेकसहित विशेष पूजा गर्नुभएको थियो ।

कलाकार ओवरायले रु दुई हजार एक सयको रसिद काटी पञ्चामृत अभिषेकसहित विशेष पूजा गर्नुभएको कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिनुभयो । विवेकका पिता सुरेश ओवराय पनि नेपाल भ्रमणका बेला पशुपतिनाथमा दर्शन एवं पूजा आराधनाका लागि आउने गर्नुभएको जनाइएको छ ।

बलिउड नायक ओवराय परिवारसहित घुम्न बुधबार नेपाल आउनुभएको थियो । धेरै भारतीय कलाकारले नेपाल भ्रमणका बेला पशुपतिनाथमा दर्शन एवं पूजा गर्ने गर्नुभएको पनि कोषले जनाएको छ । यसले नेपालको धार्मिक पर्यटन प्रवद्र्धनमा पनि योगदान गरिरहेको छ । पशुपतिनाथलाई विश्वभर फैलिएका वैदिक सनातन हिन्दू धर्मावलम्बीले आस्थाको केन्द्रका रूपमा मान्ने गरेका छन् । विश्वका जुनसुकै कुनामा रहेका हिन्दू पनि जीवनकालमा एकपटक पशुपतिनाथको दर्शन गर्न चाहन्छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?