श्रीपञ्चमीको अवसरमा गणित प्रदर्शनी

प्रकाश मैनाली सर्लाही, संवाददाता
Read Time = 2 mins

सर्लाही । सर्लाहीको लालबन्दीमा रहेको आइडियल को-एड. एकेडेमीले श्रीपञ्चमी २०८०को अवसरमा गणित प्रदर्शनी सम्पन्न गरेको छ । आज बिहान आइडियल को-एड. एकेडेमीका प्रिन्सिपल राजु पजियाकाे अध्यक्षता, प्याब्सनका केन्द्रिय उपाध्यक्ष तथा गोल्डेन फ्युचर एकेडेमी लालबन्दीका डाईरेक्टर गोपाल कार्की तथा हरिपुर नगरपालिका प्रमुख गोपाल पजियारले संयुक्त रुपमा रिबन काटी प्रदर्शनीको उद्घाटन गर्नुभयो ।

प्रदर्शनीमा विद्यार्थीले गणितलाई सरलिकृत गर्दै विभिन्न ६० बढि सामग्रीको प्रदर्शन गरेका छन् । यस्ता प्रदर्शनीले समाजमा गणितलाई बिषय गारो मान्ने एउटा हाउबुझी रहेको भए पनी यसले सहज रुपमा लिन मद्दत पुग्ने आइडियल को-एड. एकेडेमीका प्रिन्सिपल राजु पजियारले बताउनु भयो ।

यस्ता कायक्रमले विद्यार्थीहरुको शैक्षिक कृयाकलापलाई थप स्तरीय, उन्नत तथा समय सापेक्ष रुपमा विकास गर्ने र गणित विषय प्रति विद्यार्थीको डर भगाउदै यसलाई सरल र व्यवहारिक रुपले सोच्न मद्दत पुर्‍याउने विद्यालयले विश्वास लिएको उहाँले बताउनु भयाे । श्रीपञ्चमीको दिन पुजा मात्र नभएर केहि फरक र विद्यार्थीलाई पढाइमासमेत सहज होस भन्ने उद्देश्यले संचालन गरेको प्रदर्शनी करिब २००० जनाले अवलोकन गरेको विद्यालयले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?