जुम्ला । जुम्लाको तिला गाउँपालिकाले नयाँ प्रमुख प्रशासकीय अधिकृत मोहन बहादुर विष्टलाई स्वागत गरेको छ । मालपोत कार्यालय जुम्लाबाट सरुवा भई तिला गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सहित पालिकामा स्वागत गरेको गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले बताउनुभयो ।
तिलाको विकासे कामलाई तिव्र गतिमा बढाउन प्रमुख प्रशासकीय अधिकृतलाई जनप्रतिनधिले सहज बातावरण बनाइने अध्यक्ष रोकायाको भनाइ छ । पालिकाको विकासे तथा प्रशासनिक कामलाई अघि बढाउन लागि जनप्रतिनिधि र कर्मचारी बीच सहकार्य समन्वयको माध्यमबाट काम गरिने उपाध्यक्ष गोरीकला बुढाले जानकारी दिनुभयो ।
तिला गाउँपालिकाको जिम्मेवारी सम्हाल्नु भएका प्रमुख प्रशासकीय अधिकृत विष्टले सरकारको म्याण्डेट अनुसार गाउँपालिकाको समग्र विकास, काम र सेवा प्रवाहमा गुणस्तरीय सुधार ल्याउने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रमुख प्रशासकीय विष्टलाई पालिका अध्यक्ष रोकाया र उपाध्यक्ष बुढाले अविर र फूलसहित स्वागत गर्नुभएको थियो । प्रमुख प्रशासकीय अधिकृत विष्टले सोमबार कार्यालयमा हाजिर भई जिम्मेवारी बहन गरेको तिला गाउँपालिकाले जनाएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
गल्तीलाई आत्मसात गर्ने कि अझै
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
देशले प्रधानमन्त्री भएको हेर्न चाहेको