रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आव २०८०/८१ का लागि रु २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार ५ सय २९ रुपैयाको बजेट शनिबार सम्पन्न नगरसभाबाट सर्बसम्मतीले पारित गरेको छ ।
नगरपालिकाको पहिलो नगरसभा बैठकमा नगर प्रमुख रामकृष्ण खाणले गत असार ७ गते बिहिबार बजेट नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो । सो नगरसभा लगत्तै असार ९ गते उपप्रमुख जगेश्वर देवी चौधरीले रु २ अर्ब ७३ करोड ८४ लाख ३९ हजार ५ सय २९ रुपैयाको बजेट प्रस्तुत गर्नुभएको हो । असार १६ गते शनिबार सम्पन्न नगरसभाको तेस्रो बैठकले बजेट नीति तथा मार्गदर्शन तथा कार्यक्रम पारित गरेको थियो । सोहीअनुसारको बजेट नगरसभाको तेस्रो बैठकमा पेश भएको हो ।
बजेटमा चालु खर्चतर्फ रु १ अर्ब ६ करोड २४ लाख ५० हजार र पूँजीगततर्फ रु १ अर्ब ६७ करोड ५९ लाख ८९ हजार विनियोजन गरिएको छ । आज सम्पन्न नगरसभामा बेरुजु सम्परिक्षण, न्यायिक समितिको प्रतिबेदन, बजेट तथा कार्यक्रम, आर्थिक बिधेयक, बिनियोजन बिधेयकको स्वीकृतिको लागि निर्णयार्थ पेश गरी सो प्रतिबेदन माथि छलफल गरी सर्बसम्मतीले पारित गरिएको छ ।
नगरपालिकाको सभाहलमा सम्पन्न सो कार्यक्रमको अध्यक्षता नगरप्रमुख रामकृष्ण खाणले गर्नु भएको थियो नगर उपप्रमुखले बजेट सम्बन्धी नगरसभा सदस्यले राखेका जिज्ञासाको सहजीकरण गर्नु भएको थियो । विभिन्न बिषयगत समितिका तर्फबाट नगर उपप्रमुख तथा न्यायिक समिति संयोजक जागेश्वर देवी चौधरीले न्यायिक समितिको प्रतिबेदन, कार्यपालिका सदस्य राधा शाहीले सुशासन तथा संस्थागत बिकास समितिको प्रतिबेदन र फर्सुराम गिरिले लेखा समितिको प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच