काठमाडौं महानगरको निर्देशन: ललितानिवासको जग्गाभित्र रहेका संरचना हटाउनू र नयाँ नबनाउनू

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौं महानगरपालिकाले ललितानिवासको जग्गाभित्र रहेका संरचना हटाउन र थप संरचना नबनाउन निर्देशन दिएको छ ।

आइतबार बालुवाटारस्थित ललितानिवासको जग्गामा पुगेको महानगर प्रहरीको टोलीले सार्वजनिक जग्गा संरक्षणको जिम्मेवारी स्थानीय सरकारको भएकाले उक्त जग्गाभित्र रहेका संरचना हटाउन र नयाँ संरचना नबनाउन निर्देशन दिएको हो । अन्यथा महानगर आफैंले हटाउने चेतावनीसमेत दिइएको छ ।

ललितानिवासले चर्चेको सार्वजनिक जग्गामा बनेको सबै अस्थायी संरचना हटाएर कम्पाउण्डिङ गर्ने तयारी गरेको हो ।

आजै काठमाडौं महानगरपालिकाको टोली ललितानिवासको जग्गा तारबार गर्न बालुवाटार पुगेको थियो । महानगर प्रहरीको एक टोली बालुवाटार पुगेको हो।

ललितानिवासको जग्गा यकिन भएपछि तारबार गरिने महानगर प्रहरीले जनाएको छ । ललितानिवासको करिब १४३ रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गरेको अभियोगमा १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?