सुमनलाई अमेरिकामा स्वर्ण

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली कराँते खेलाडी सुमन तिमल्सिनाले युएस ओपन आइएसकेए विश्व मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण जित्नुभएको छ । सुमनले सिनियर पुरुष एकल कातामा स्वर्ण जित्नुभएको हो ।

इन्टरनेसनल स्पोर्ट्स कराँते एसोसिएसन आइएसकेए, युएसएको आयोजनामा अमेरिकाको फ्लोरिडामा भएको प्रतियोगितामा सुमनले २९.९५ अंक जोड्नुभयो । ग्वाटेमाला दोस्रो तथा जर्मनी र अमेरिकाका खेलाडी तेस्रो भए । सुमनका अनुसार उहाँले प्रतिस्पर्धा गरेको स्पर्धामा विभिन्न राष्ट्रका १२ खेलाडी सहभागी थिए । प्रतियोगिता जुन २९ देखि जुलाई १ तारिखसम्म भएको थियो ।

सुमनले बंगलादेशमा भएको तेस्रो कन्टिनेन्टल एसियाली कराँतेमा स्वर्ण, श्रीलंकामा भएको प्रथम अन्तर्राष्ट्रिय कराँतेमा स्वर्ण, भारतमा भएको छैटौँ एसियाली गोजुरियो कराँतेमा रजत, मलेसियामा भएको प्रथम एसियाली प्यासिफिक गोजुरियो कराँतेमा कांस्य, जर्मनीमा भएको चेम्जिन ओपन कराँतेमा स्वर्ण र टोरोन्टो अन्तर्राष्ट्रिय मार्सल आर्ट्स इ–कातामा स्वर्ण जित्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?