बलात्कार‍ आराेपमा तीनजना पक्राउ

सांकेतिक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । बलात्कार‍ आरोपमा तीनजना पक्राउ परेका छन् । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-९ बस्ने २१ वर्षीय पवनप्रसाद उपाध्याय र २६ वर्षीय अमर बहादुर खत्रीलाई १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई सोही नगरपालिका-५ हेल्थपोष्ट प्रकृति शुद्द डेरीको कोठाभित्र आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ तुल्सीपुर उपमहानगरपालिका-१७ बस्ने ४२ वर्षीय बीर बहादुर विकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय होलेरी रोल्पाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?