३० दिनभित्र प्रहरी समायोजन नभएमा मधेस प्रदेश सरकारले चरणवद्ध आन्दोलन गर्ने

फाइल तस्वीर

हिमालय टाइम्स
Read Time = 2 mins

जनकपुरधाम । मधेस प्रदेश सरकारले प्रहरी समायोजन गर्नका लागि संघीय सरकारलाई ३० दिनको समय सीमा दिएको छ ।

बुधवार मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै ३० दिनभित्र प्रहरी समायोजन गर्न माग राखि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन लागिएको जानकारी दिनुभएको हो ।

उहाँले भोलि (मंगलवार) प्रहरी समायोजन र निजामती कर्मचारी समायोजनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइने बताउनु भयो ।

उहाँले प्रहरी प्रशासन प्रदेश सरकार मातहतमा नआउँदा काम गर्न अपm्ठ्यारो परेको बताउनु भयो । उहाँले संघीय सरकारलाई प्रहरी समायोजन गर्नका लागि ३० दिनको समय सिमा दिइने र सो समयमा पनि समायोजन नभएमा चरणवद्ध आन्दोलन गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘संघीय सरकारले प्रदेश सरकारलाई कानून बनाउनबाट जुन वञ्चित गरेको छ । अधिकार दिएको छैन । त्यसको निम्ति हामी भोलि प्रधानमन्त्रीज्यु कहाँ साडे १० बजे ज्ञापन पत्र बुझाउँदै छौँ । प्रहरी प्रशासन अहिलेसम्म हाम्रो मातहतमा आएको छैन । जबकी संघले पनि प्रहरी ऐन बनाइसकेको छ तर कार्यान्वयनमा आएको छैन । यस्तै निजामती ऐन लगायतका धेरै विषयहरु छन् । प्रदेशलाई हस्तान्तरण गरिएको छैन । जुन कारणले प्रदेश सरकारलाई काम गर्न अप्ठ्यारो छ । दबाब दिनको लागि ज्ञापन पत्र बुझाउँछौँ । ३० दिनको समय दिएर । ३० दिनभित्र कार्यान्वयन पक्षमा केन्द्र सरकार गएन भने हामी चरणवद्ध आन्दोलनतिर लाग्छौँ ।’

उहाँले प्रहरी र कर्मचारी समायोजनका साथसाथै ज्ञापन पत्रमा अन्य विभिन्न मागहरु पनि समेटिएको उल्लेख गर्नुभयो ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?