सगरमाथा आरोहण गर्ने मापदण्ड कानुनमै व्यवस्था गर्न माग

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सगरमाथा आरोहण गर्ने मापदण्ड कानुनमै व्यवस्था गर्न माग गरिएको छ ।

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसद सोनाम ग्याल्जेन शेर्पाले सगरमाथा आरोहण गर्ने मापदण्ड कानुनमै व्यवस्था गर्नुपर्ने बताउनु भयो ।

हेलिकप्टरबाट दोस्रो क्याम्पमा पुगेकाहरुलाई पनि सगरमाथा आरोण गरेको मान्यता दिने गरेकोप्रति आपत्ति समेत जनाउनु भएका उहाँले सगरमाथा कुन रुटबाट चढेकालाई मान्यता दिने भन्ने विषयमा सरकारसँग स्पष्ट मापदण्ड हुनुपर्ने बताउनु भयो ।

पर्यटकहरुकै कारण हिमाली क्षेत्रमा बढेको वातावरण प्रदू्रषितलाई रोक्नुपर्ने भन्दै उहाँले पर्यटनले विकासमात्रै नभई विध्वंश पनि निम्त्याउन सक्नेतर्फ सरकारको ध्यान जानुपर्ने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?