यी हुन् मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णय…

हिमालय टाइम्स
Read Time = 2 mins

सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि थप गर्ने भएको छ ।

मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले निजामती सेवाको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त पदमा घनश्याम उपाध्यायलाई बढुवा गर्ने निर्णय भएको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको कार्यविधि २०८० साल पुस मसान्तसम्म थप गर्न बाधा अड्काउ फुकाउको आदेश जारी गर्ने भन्ने निर्णय भएको छ । निजामती सेवाको राजपत्रांकित विशिष्ट श्रेणीको रिक्त पदमा श्री घनश्याम उपाध्यायलाई बढुवा गर्ने निर्णय भएको छ ।’

उहाँले मन्त्रिपरिषद्ले गरेको अन्य निर्णयहरुको सन्दर्भमा बुधवार सञ्चार मन्त्रालयमा सार्वजनिक गर्ने बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?