पूर्वमुख्यमन्त्री राजेन्द्र र लिलबहादुरलाई ब्याडमिन्टन उपाधि

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्रकुमार राई र गण्डकी प्रदेश सांसद लिलबहादुर थापाको जोडीले मदन स्मृति ब्याडमिन्टन प्रतियोगिता २०८० को उपाधि हात पारेको छ । ललितपुरस्थित रिभाइभ रिक्रियसन सेन्टरमा भएको प्रतियोगितामा राई र थापाको जोडीले दिलमान पाख्रिन र यज्ञराज सुनुवारको जोडीलाई फाइनलमा २१-१७, २१-१९ ले पराजित गर्दै उपाधि जितेको हो । प्रतियोगितामा पूर्वउपप्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र गणेश थापाको जोडी तथा नवराज सिलवाल र पूर्वमन्त्री भानुभक्त ढकालको जोडी संयुक्त तेस्रो भयो ।

नेकपा एमाले निकट संस्था नेपाल खेलकुद महासंघको आयोजना तथा नेकोस राष्ट्रिय ब्याडमिन्टन संघको व्यवस्थापनमा भएको प्रतियोगिताको फाइनल प्रवेश गर्नेक्रममा राजेन्द्रकुमार राई र लिलबहादुर थापाको जोडीले कमल थापा र गणेश थापाको जोडीलाई २१–१६, २१-१७ ले तथा दिलमान पाख्रिन र यज्ञराज सुनुवारको जोडीले नवराज सिलवाल र भानुभक्त ढकालको जोडीलाई २१–६, २१–७ ले पराजित गरेको हो ।

विजयी खेलाडीहरूलाई प्रमुख अतिथि राष्ट्रियसभाका सम्माननीय अध्यक्ष गणेशकुमार तिमल्सिना, नेकपा एमाले खेलकुद इन्चार्ज कर्ण थापा, खेलकुद महासंघका अध्यक्ष परशुराम बस्नेतलगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

जननेता मदन भण्डारीको ७२औँ जयन्तीका अवसरमा आयोजित प्रतियोगितामा संविधानसभा सदस्य, भूपू तथा वर्तमान राष्ट्रियसभा, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य एवं मन्त्रीहरू गरी ६४ जोडीको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?