स्थानीयको आय-आर्जनका लागि अल्लो प्रशोधन मेसिन वितरण

हिमालय टाइम्स
Read Time = 4 mins

-नवराज शिवाकोटी
दोलखा । जिरी नगरपालिका वडा नम्बर पाँचका स्थानीयहरुको आय-आर्जनमा मद्दतकालागि अल्लो प्रशोधन मेसिन उपलब्ध गराइएको छ ।

परिस्थितीकीय प्रणालीमा आधारित अनुकुलन आयोजनाद्वारा स्थानीयहरुको आयआर्जन र रोजगारीमा सहयोग पु-याउने उद्देश्यले सो मेसिन उपलब्ध गराइएको हो ।

सामूदायिक वनबाट आय आर्जन बढाउन तथा स्थानीयस्तरमा रोजगारी सिर्जना गर्नका लागि ईविएले वडा नम्बर पाँच ढुङ्गेका स्थानीयहरुलाई अल्लो प्रशोधन मेसिन उपलब्ध गराएको पारिस्थितीकीय प्रणालीमा आधारित अनुकुलन आयोजनाका दोलखा जिल्ला संयोजक विनोद थापाले जानकारी दिनुभयो । स्थानीय वनमा पाइने अल्लोको उपयोगबाट रोजगारीको सिर्जना भई गरिवी निवारणमा समेत सहयोग पुग्ने उहाँको भनाई छ ।

हालै डिभिजन वन कार्यालय दोलखाका प्रमुख थिरबहादुर कार्की र ईविए दोलखाका संयोजक विनोद थापाले जिरी नगरपालिका वडा नम्बर पाँच ढुङ्गेका स्थानीय नाइके जिरेललाई अल्लो प्रशोधन मेसिन हस्तान्तरण गर्नु भएको हो । ४ लाख ७० हजार रुपैयाँमा मेसिन खरिद गरी उपलब्ध गराईएको ईविए दोलखाले बताएको छ ।

जंगलमा पाइने अल्लोको रेसाबाट धागो उत्पादन गर्ने गरिन्छ यसको रेशाबाट बनेका कपडा स्वास्थ्यको लागि उपयोगि निक्कै उपयोगी मानिन्छ, साथै विदेशमा यसको उच्च माग रहेको छ । अल्लोको रेशाबाट निर्मित धागो प्रतिकेजी बाह्रसय रुपैयाँमा विक्रीहुने जिरेलले बताउनु भयो ।

अल्लोबाट आय-आर्जन हुने भएपछि अल्लोको संरक्षण गर्न स्थानीयहरु क्रियाशिल हुने ईविएको आशा छ । यसैगरी हैसियत विग्रिएको वनको पनि पूनस्र्थापना हुने छ । वडाका करिब ५५ जना सामूदायिक वनका विपन्न सदस्यहरुले रोजगारी पाउने सम्भावन रहेको संयोजक थापाले बताउनु भयो ।

पारिस्थितिकीय प्रणालीमा आधारित अनुकूलन आयोजना अन्तर्गतका कार्यक्रमहरु दोलखा जल्लाका पाँचवटा स्थानीय तहहरुका ६ वटा वडाहरुमा संचालित रहेको छ । जिल्लाका गौरिशंकर गाउँपालिका को वडा नम्बर आठ, जिरी नगरपालिका वडा नम्बर पाँच, भीमेश्वर नगरपालिका वडा नम्बर नौ, शैलु«ङ गाउँपालिकाको वडा नम्बर चार तथा कालिञ्चोक गाउँपालिका वडा नम्बर पाँच र छ मा संचालनमा रहेको छ ।

यो कार्यक्रम सन २०१९ देखि संचालन भइरहेको जिल्ला संयोजक विनोद थापा ले बताउनुभयो ।

कार्यक्रम लागु भएका वडा हरुमा आवश्यकताको आधारमा संरक्षण पोखरी निर्माण, फिल्टरिंग ड्याम, गह्रा सुधार, वर्षाको पानी संकलन, नदी किनार संरक्षण, वन क्षेत्रको पुनस्र्थापना तथा बृक्षरोपण, वन कार्ययोजना निर्माण, जीविकोपार्जन योजना तयारी तथा कार्यन्वयन, लैङ्गीक समानता, सामाजिक समावेशीता, सुसाशन जस्ता क्षेत्रमा काम भइरहेको संयोजक थापाको भनाई रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?