विद्युत् प्रसारण लाइन र सबस्टेसनका निर्माण गर्न जग्गा प्रदान गर्न स्वीकृति दिने सरकारको निर्णय

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । सरकारले एमसीए नेपालले निर्माण गर्ने विद्युत् प्रसारण लाइन र सबस्टेसनका लागि जग्गा प्रदान गर्न स्वीकृति दिने निर्णय गरेको छ । गत मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

उक्त बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता तथा सूचना प्रविधि तथा सञ्चारमन्त्री रेखा शर्माले एमसीए–नेपालले निर्माण गर्ने विद्युत् प्रशारण लाइन तथा सबस्टेसनका लागि सिन्धुपाल्चोक, पाल्पा, नवलपरासी ९बर्दघाट सुस्तापूर्व०का जिल्लाका जग्गा प्रदान गर्न स्वीकृति दिने निर्णय गरेको जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?