धनगढी । कैलालीको धनगढीबाट बझाङको रायल प्राथमिक स्वास्थ्य चौकी देउराको एम्बुलेन्स चालक चरेससहित पक्राउ परेको छ ।
जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्वर ४ पुरानो यातायात कार्यालय नजिकबाट चरेस सहित एम्बुलेन्ससहित चालकलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा बझाङको केदारस्यु गाउँपालिका-३ बस्ने ३७ वर्षीय रामबहादुर खाती रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बझाङ केदारस्यु गा.पा.३ दाप्रु बस्ने बर्ष ३७ को उनले चलाएको सु.प.प्र.०१००१ झ ०५४२ नम्वर एम्बुलेन्स प्रक्राउ गरेको हो ।
एम्बुलेन्सबाट २ के.जी. ८०० ग्राम लागु औषध चरेस फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ।
एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच