सज्जाको स्वरमा ‘आँखैमा लाउने गाजलु…’

Read Time = 2 mins

काठमाडौं । सज्जा चौलागाईंको स्वरमा रहेको गीत ‘आँखैमा लाउने गाजलु...’ सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंको मैतिदेवीस्थित डोरी रेस्टुरेन्टमा पत्रकार भेटघाटबीच गीतको भिडियो सार्वजनिक भएको हो । चौलागाईंको पहिलो एल्बम ‘भिक्टोरी’ मा रहेको यो गीतको भिडियो साइराम पिक्चर्स युटुब च्यानलमार्फत् ल्याइएको छ ।

रामकृष्ण महराको शब्द, शंकर थापा स्माइलको संगीत, सञ्जीव सुब्बाको एरेन्ज रहेको गीतमा अशोक महर्जनको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।

जीवन शाहीको निर्देशन तथा राहुल बराइलीको कोरियोग्राफी रहेको गीतको भिडियोमा विना राउत र सरोज प्रजाको अभिनय छ । भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन र ओरिन्ट बिसुन्खेको रंग सम्पादन छ ।

गीतको भिडियो सार्वजनिक कार्यक्रममा अतिथिहरूले शुभकामना तथा बधाई दिएका थिए भने गीतसंग सम्बिन्धित स्रष्टाले आ-आफ्ना राख्नुभएको थियो । ‘सबैको मिहिनेतबाट एउटा राम्रो भिडियो श्रोता/दर्शकमाझ ल्याएको निर्देशक शाहीले बताउनुभयो । यस्तै साइराम पिक्चर्सका समशेर श्रेष्ठले गीत र गीतको भिडियो राम्रो रहेकोले श्रोता/दर्शकले मन पराउनेमा आफू आशावादी रहको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?