विद्युत् आपूर्तिको दीर्घकालीन समाधान गर्न माग

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 5 mins

विराटनगर । उद्योग संगठन मोरङले विद्युत् आपूर्तिको दीर्घकालीन समाधानमा जोड दिएको छ । नेपाल विद्युत् प्राधिकरणका डेपुटी प्रबन्ध निर्देशक मनोज सिलवाल र भार सम्प्रेषण केन्द्रका निर्देशक सुरेश भट्टराईको उपस्थितिमा बिहीबार आगामी वर्ष सुक्खायाममा औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति सहज बनाउने प्राधिकरणको योजना र भोल्टेज फ्लक्च्युएसन तथा ट्रिपिङको समस्या कसरी सम्बोधन गर्ने भन्ने विषयमा आयोजित छलफल कार्यक्रममा यस्तो जोड दिइएको हो ।

गत हिउँदमा औद्योगिक क्षेत्रमा विद्युत् आपूर्तिको जटिल समस्या भएकाले आगामी दिनमा विद्युत् आपूर्तिको सुनिश्चितता खोज्न गत हप्ता काठमाडांै गएको उद्योग संगठन मोरङको प्रतिनिधिमण्डलले प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई भेटी तत्कालको समस्या समाधानका लागि गरेको आग्रहअनुरूप प्राधिकरणको डेपुटी प्रबन्ध निर्देशकलगायतको टोलीले उद्योग व्यवसायीसँग छलफल गरेको हो ।

सो अवसरमा संगठनका अध्यक्ष राकेश सुरानाले यस वर्ष जस्तो सुक्खायाममा विद्युत् आपूर्तिमा समस्या नहुने सुनिश्चितताका लागि प्राधिकरणको योजना र यथार्थ जानकारी उपलब्ध गराउन माग गर्नुभएको थियो । उहाँले उद्योगहरूको विद्युत् आपूर्तिको गत १५ दिनको तथ्यांक प्रस्तुत गर्दै ट्रिपिङ तथा लो भोल्टेज, फ्लक्चुएसन समस्या समाधान कहिलेसम्म हुने भनी डेपुटी प्रबन्ध निर्देशकसँग जिज्ञासा राख्नुभएको थियो ।

संगठनका अध्यक्ष राकेश सुरानाले यस वर्षजस्तो सुक्खायाममा विद्युत् आपूर्तिमा समस्या नहुने सुनिश्चितताका लागि प्राधिकरणको योजना र यथार्थ जानकारी उपलब्ध गराउन माग गर्नुभएको छ ।

प्राधिकरणका डेपुटी प्रबन्ध निर्देशक सिलवालले सुक्खायाममा हुने विद्युत् अभावको समस्या समाधानका लागि ढल्केबर–इनरुवा चार सय केभिए प्रसारण लाइन तथा र वर्जुको सबस्टेसन निर्माण कार्य छिट्टै सम्पन्न गरिने बताउनुभएको थियो । व्यवस्थापकीय पक्षका कारण हुने गरेको ट्रिपिङ, लो भोल्टेज, फ्लक्च्युएसनलगायतका समस्या न्यूनीकरणका लागि उद्योगहरूमा स्विचिङ व्यवस्था, कटहरी करिडोरमा कपर वायरको व्यवस्थाका साथै उद्योगी व्यवसायीको गुनासो सुनुवाइका लागि प्राधिकरणले कल सेन्टरलाई पूर्णरूपमा सञ्चालनमा ल्याई प्रभावकारी सेवा प्रवाह गर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा सहभागी अधिकांश उद्योगी व्यवसायीले ट्रान्सफर्मर परीक्षणका लागि हेटांैडा पु¥याउनुपर्ने बाध्यता अन्त्यका लागि प्रदेशस्तरीय ट्रान्सफर्मर परीक्षण केन्द्र स्थापना गर्नुपर्ने, सडक पूर्वाधार निर्माण गर्दा प्राधिकरण र सम्बन्धित पक्षसँग समन्वय हुनुपर्ने बताएका थिए । सो अवसरमा संगठनका निवर्तमान अध्यक्ष सुयश प्याकुरेल, वरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष विपिन कावरा, कोषाध्यक्ष सुबोध कोइराला, सदस्य प्रतिभा रिजाल ओली, सन्तोष भगत, दिपक अग्रवाल, सृजन प्याकुरेल, सिद्धार्थ कावरालगायतको उपस्थिति रहेको संगठनले जनाएको छ । विराटनगर क्षेत्रमा उद्योगी व्यवसायीले विगतमा लामो समयदेखि अघोषित लोडसेडिङ समस्या भोग्दै आएका छन् । समस्या समाधानका लागि सरकार तथा विद्युत् प्राधिकरणलाई पटक-पटक ध्यानाकर्षण पनि गराउँदै आएका छन् ।

प्राधिकरणले लोडसेडिङ गरे पनि भन्न डराइरहेको उनीहरूको आरोप छ । उनीहरूले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग लोडसेडिङ तालिका उपलब्ध गराउन माग गर्दै आएका छन् । उद्योगमा विद्युत् आपूर्तिमा समस्या हुँदा जेनेरेटर चलाउनुपर्ने, जसका कारण लागत खर्चसमेत बढ्ने गरेकाले उत्पादन नै बन्द गर्नुपर्ने अवस्थामा रहेको उद्योगीको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?