कोशीका मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध सर्वोच्चमा रिट दर्ता, आइतबार पेसी

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका उद्धव थापाको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थनमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले थापालाई बिहीबार मुख्यमन्त्रीमा नियुक्त गर्दै शुक्रबार पद तथा गोपनीयताको शपथ गराउनु भएको छ ।

तर, थापाको मुख्यमन्त्रीमा नियुक्तिको विषय सर्वोच्च अदालतमा पुगेको हो । शुक्रबार एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले थापाको नियुक्ति बदरको माग राखेर सर्वोच्च अदालतमा रिट दर्ता गराउनु भएको हो ।

सो रिटको आउँदो आइतबारका लागि पेसी तोकिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?