विपन र अस्मितालाई स्वर्ण

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । निन्जा उसु क्वानका विपन थापा र कालभैरव उसु क्वानकी अस्मिता श्रेष्ठले तेस्रो अन्तर क्वान खुला राष्ट्रिय उसु प्रतियोगितामा शुक्रबार स्वर्ण जित्नुभएको छ । छाङ छ्वानको पुरुषमा विपन तथा महिला अस्मिताले स्वर्ण जित्नुभएको हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सेमी कभर्डहलमा विपनले ८.५५ अंक जोड्नुभयो । बुलबुले उसु क्वानका सुरेश चौधरी ८.४३ अंकसाथ दोस्रो तथा कैलाली उसु क्वानका आयुश चौधरी ८.४० अंकसाथ तेस्रो हुनुभयो । अस्मिताले ८.३८ अंक जोड्नुभयो । बुलबुलेकी आशा शाही ८.२१ अंकसहित दोस्रो तथा शिअ उसु क्वानकी दीपिका चौधरी ६.७० अंकसहित तेस्रो बन्नुभयो ।

नेपाल उसु महासंघद्वारा आयोजित प्रतियोगिताको सान्सौंतर्फ पुरुष ४८ केजीमा शिअका रोहित गाहामगर र काठमाडौं उसु क्वानका मिलन राई फाइनलमा पुग्नुभयो । कालभैरवका सुनिल तामाङ र रामेछाप उसु क्वानका लिबन सुनुवारले कास्य जित्नुभयो । पुरुष ५६ काठमाडौंका विशाल विष्ट र ड्रागन उसु क्वानका आशिष तामाङले फाइनलमा स्थान सुरक्षित गर्नुभयो । वरियर उसु क्वानका पूर्ण तामाङ तथा किन्डर गार्डेन उसु क्वानका कृतिम श्रेष्ठ तस्रो हुनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?