मनाइयो रवीन्द्रनाथ टैगोरको १६१ औँ जन्मजयन्ती

Read Time = 3 mins

काठमाडौं । भारतीय राजदूतावासले गुरुदेव रवीन्द्रनाथ टैगोरको १६१ औँ जन्मजयन्ती मनाइएको छ । स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र केन्द्रीय विद्यालय मिलेर सोमबार राजदूतावासस्थित विवेकानन्द हलमा टैगोरको जन्मजयन्ती मनाएको हो ।

उक्त कार्यक्रम अमृत महोत्सवकै एक हिस्सा अनुरुप आयोजना गरिएको हो । कार्यक्रममा प्रेस, सूचना तथा संस्कृति प्रभागका प्रथम सचिव श्री नवीन कुमारले रवीन्द्रनाथ टैगोरको प्रतिभाको प्रशंसा गर्नुभएको थियो । उहाँले आफूभित्र लुकेको क्षमतालाई उपयोग गर्न सबैलाई आग्रहसमेत गर्नुभयो ।

कार्यक्रममा स्वामी विवेकानन्द साँस्कृतिक केन्द्रका शास्त्रीय संगीतका गुरु तथा विद्यार्थीहरूले एकसाथ रवीन्द्र संगीतको वाचन गरेका थिए भने केन्द्रीय विद्यालय काठमाडौंका विद्यार्थीहरूले टैगोरकोे रचनामा आधारित गीत र नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा लुम्बिनी विश्व शान्ति मञ्चका अध्यक्ष तथा चर्चित वक्ता श्री वासु गौतमले ‘शान्ति निकेतनः शिक्षामा टैगोरको विचार’ शीर्षकमा अन्तरक्रियात्मक प्रस्तुति दिनुभएको थियो । कार्यक्रममा संगीत, कला र साहित्यका युवा विद्यार्थीहरू, सिबिएससी विद्यालयका बालबालिकाहरू, भारतीय डायस्पोराका सदस्यहरू तथा बुद्धिजिवीहरूको सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?