नेपाली चिया पाकिस्तान निर्यातको सम्भावना

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई)का अध्यक्ष राजेशकुमार अग्रवाल र नेपालस्थित पाकिस्तानका राजदूत अबरार एच हाशमीबीच छलफल भएको छ । अध्यक्ष अग्रवालले समग्र आर्थिक विकासका लागि सरकार एवं अन्य सरोकारवाला निकायसँग सिएनआईले सहकार्य गर्दै आएको बताउनुभयो ।

उहाँले पर्यटन, चिया, कफीलगायतका माध्यमबाट पाकिस्तानसँगको व्यापार घाटा न्यूनीकरण गरिनुपर्नेमा जोड दिनुभयो । दुई देशबीच सिधा हवाई सम्पर्क पुनः जोड्न सकिए पर्यटन उद्योगका लागि महत्वपूर्ण हुने उल्लेख गर्दै त्यसका लागि आवश्यक सहयोग एवं समन्वय गर्न पनि अध्यक्ष अग्रवालले राजदूतलाई आग्रह गर्नुभयो ।

राजदूत हाशमीले नेपाली वस्तु पाकिस्तान निर्यात बढाउन आवश्यक सहकार्य एवं सहयोग गर्न प्रतिबद्ध रहेको बताउँदै पाकिस्तानमा चियाको राम्रो बजार रहेकाले नेपाली चिया निर्यात गर्न सकिने जानकारी गराउनुभयो । पाकिस्तानी पर्यटक नेपाल भ्रमण गर्न रुचाउने भन्नुहुँदै उहाँले दुई देशबीच डिजिटल भुक्तानीमा पनि जोड दिनुभएको सिएनआईले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?