काठमाडौं । नेकपा माओवादी केन्द्र नेतृत्वको चार दलीय समाजवादी मोर्चाको पहिलो बैठक आज(शनिबार) बस्दै छ ।
विभिन्न तीन बुँदे सहमति पत्रसहित गत असार ४ गते घोषणा भएको समाजवादी मोर्चाको बैठक आजअपराह्न ४ बजे नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बस्न लागेको हो ।
बैठकमा समसामयिक राजनीतिक अवस्थाका साथै मोर्चाको आगामी साझा कार्यक्रमबारे छलफल हुने बताइएको छ । मोर्चामा सत्तारुढ दल माओवादी केन्द्रसहित एकीकृत समाजवादी, जसपा र नेकपा संलग्न छन् ।
यही सोमबार प्रधानमन्त्री पदलाई भारतसँग जोडेर विवादित अभिव्यक्ति दिएपछि नेकपा एमालेसहितका प्रतिपक्षी दलहरुले प्रधानमन्त्री प्रचण्डको राजीनामा माग गरिरहेका छन् ।
यही विवादका कारण शुक्रबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक पनि बस्दै नबसी दुई दिनलाई स्थगित भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच