खोटाङको जन्तेढुंगा गाउँपालिकामा गठबन्धन विजयी, महिला बनिन् अध्यक्ष

Read Time = 3 mins

-चिसाङ शेर्पा

खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकामा गठबन्धन विजयी भएको छ । गठबन्धनका तर्फबाट गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र) कि उम्मेदवार अरुणादेवी राई विजयी हुनुभएको हो ।

आइतबार सम्पन्न अन्तिम मतगणना अनुसार गाउँपालिका अध्यक्षमा निर्वाचित अरुणादेवीले दुई हजार ८८१ मत पाउनुभएको छ । निकटतम प्रतिद्धन्द्धी शंखरबहादुर राईलाई ३०६ मतले हराउँदै उहाँ विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ । पराजित शंखर बहादुरले दुई हजार ५७५ मत पाउनुभएको थियो ।

गाउँपालिका उपाध्यक्षमा गठबन्धनका खेम खड्का दुई हजार ८१२ मत ल्याएर विजयी हुनुभएको छ । खड्काका निकटतम प्रतिद्धन्द्धी विमला राईले दुई हजार ४९५ मत पाउनुभएको छ ।

पराजित शंखर बहादुर र विमला २०७४ को स्थानीय तह सदस्य निर्वाचनबाट गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।
गाउँपालिका अध्यक्षमा निर्वाचित अरुणादेवी नेकपा माओवादी केन्द्रको प्रदेश कमिटी सचिवालय सदस्य हुनुहुन्छ । उहाँ २०७४ सालको स्थानीय निर्वाचनमा पनि पालिका अध्यक्षमा उठेर पराजित हुनुभएको थियो ।

निर्वाचित भएसँगै दुई नगरपालिका, आठ गाउँपालिकामध्येमा अरुणादेवी पहिलो महिला गाउँपालिका अध्यक्ष हुनुभएको छ । ५१ वर्षीय उहाँले तत्कालिन प्रवेशिका परीक्षा(एसएलसी) उत्तिर्ण गर्नुभएको छ ।

यस्तै, सो गाउँपालिकामा गठबन्धनको माओवादी केन्द्रबाट वडा नं. १ देवीस्थानमा केदारमान राई, वडा नं. २ बोपुङमा मस्तबहादुर राई, गठबन्धनको कांग्रेसबाट वडा नं. ३ काहुलेमा तारामान राई, वडा नं.५ चिसापानीमा धनबहादुर राई, वडा नं. ६ दिप्लुङमा सागर राई वडाध्यक्षमा विजयी हुंदा वडा नं. ४ डम्बर्खुशिवालयमा एमालेका बिदुरमान राई विजयी हुनुभएको छ ।

आठ गाउँपालिका र दुई नगरपालिकामा भने मतगणना भईरहेको निर्वाचन कार्यालयले जनाएको छ । गाउँपालिका तथा नगरपालिकाका केही वडाहरूको मतगणना भने सकिएको छ । नतिजाहरू मिश्रित आईरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?