नारायणगढ-मुग्लिन सडक अवरुद्ध

हिमालय टाइम्स
Read Time = 1 min

मुग्लिन । नारायणगढ–मुग्लिन सडक फेरि अवरुद्ध भएको छ । आज दिउँसो ४ बजे चितवनको इच्छाकामना–६ कालिखोला पुल नजिक सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको सडक डिजिभन कार्यालय भरतपुरले जनाएको छ ।

अहिले दुईवटा मेसिन प्रयोग गरी पहिरो हटाउने काम सुरु गरिएको सडक डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी चण्डेश्वर शाहले जानकारी दिनुभयो । पहिरो पन्छाइ सडक सञ्चालन गर्न समय लाग्ने उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?