कलाकार र विभिन्न व्यक्तित्वको उपस्थितिमा वृक्षरोपण

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौं महानगरपालिका तथा हरियाली प्रबन्धन आयोजनाअन्तर्गत बालाजु बाईसधारा उद्यान परिसरभित्र वृक्षरोपण गरिएको छ । शनिबार बिहान स्थानीय जन सहभागिता, २४ नं. वडा अध्यक्ष, जनप्रतिनिधि, कलाकार, साहित्यकार, बुढीगण्डकी जब सेन्टरका सहयोगीहरू, प्रहरी बृत्त बालाजुका जवान, अधिकृतहरू, काठमाडौं जिल्ला स्काउट का टोलीहरूसहितको सहभागितामा करिब विभन्न जातका पाँच सय बिरुवा रोपिएको हो ।

उक्त कार्यक्रममा सहभागी सबैलाई बाईसधारा कार्यालयका प्रमुख दामोदर लामाले स्वागत र धन्यवाद ज्ञापन गर्नुभएको थियो । यस्तै कलाकारको तर्फवाट विशिष्ठ कलाकार उत्तम केसी, नेपाल स्काउटकोतर्फबाट रञ्जनलाल श्रेष्ठ, केशव पन्थ, निर्देशक रामशरण कोइरालाले वन वातावरण र वृक्षरोपण बारेमा प्रकाश पार्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?