ललिता निवास प्रकरणमा थप दुई जना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ललिता निवास जग्गा प्रकरणमा थप दुई जना पक्राउ गरेको छ ।

आइतबार ब्युरोको टोलीले उनीहरुई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा समरजंग कम्पनीका तत्कालीन प्रमुख लोकहरि घिमिरे र तत्कालीन नापी अधिकृत ध्रुव अर्याल रहेको ब्युरोका एसएसपी दिनेश आचार्यले जानकारी दिनुभयो ।

सरकारको नाममा रहेको ललिता निवासको जग्गा व्यक्तिको नाममा पुर्‍याउन उनीहरूको भूमिका रहेको देखिएकाले पक्राउ गरिएको उहाँले बताउनु भयो ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्ने अनियमितता प्रकरणमा सीआईबीले सरकारी कागजात किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?