गोल्डन ब्वायको मनोनयन सार्वजनिक

हिमालय टाइम्स
Read Time = 3 mins

लण्डन । इटालियन आउटलेट टुट्टोस्पोर्ट्सले युरोपको लिगमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदान गर्दै आएको गोल्डन ब्वाय अवार्डको मनोनयन सार्वजनिक गरेको छ । स्पोर्टसले शीर्ष १०० जनाको मनोनयन सार्वजनिक गरेको हो । हरेक वर्ष युरोपका शीर्ष लिग खेल्ने प्रतिभावान यु-२१ खेलाडीलाई समावेश गरी शीर्ष १००को मनोनयन सार्वजनिक गर्ने गरिन्छ ।

अवार्डको मनोनयनमा यसपटक प्रिमियर लिगबाट सबैभन्दा धेरै १० खेलाडी पर्नुभएको छ । प्रिमियर लिगबाट हार्भे इलिएट, एडम डियालो, फावियो सिल्भा, कि जान होभर, पापे माटर यान काउटो, काक्पर कोज्लोस्की र जोइ जेलहार्ट मनोनयनमा हुनुहुन्छ ।

साविकको विजेता बार्सिलोनाका पेड्रीसँगै अन्सु फाती, निको, पाब्लो गाभी र एलेजान्द्रो बाल्डे पनि मनोनयनमा हुनुहुन्छ । स्पेनिस क्लब रियल म्याड्रिडबाट मिडफिल्डर इडुआर्डाे कामाभिंगा, बायर्न म्युनिखका जमल मुसिएला र रायन ग्राभेनवर्च, बोरुसिया डर्टमुन्डका जुडे बेलिद्रम, करिम एडियमी, अन्सगर नफ, युसोउफा मौकाको र जियो रेना मनोनयनमा पर्नुभएको छ ।

रेन्नेसका जेरेमी डोकु, म्यानचेस्टर युनाइटेडका एन्थोनी इलांगा, जुरिचका वेलफ्रेड नोन्टो, आरबी लाइप्जिगका इलिएक्स मोरिवा, पिएसजीका नुनो मेण्डेस र भिल्लारिलयका यारेमी पिनो पनि मनोनयनमा हुनुहुन्छ ।

निर्णायकहरूले विभिन्न चरणमा खेलाडी कटौती गर्दै वर्षको अन्त्यमा विजेता घोषणा गर्नेछन् । निर्णायकले उनीहरूले गरेको प्रदर्शनको आधारमा क्रमशः १०, ७, ५, ३ र १ अंक प्रदान गर्ने गर्दछ । गत वर्ष क्याटलान क्लब बार्सिलोनाका स्पेनिस मिडफिल्डर पेड्रोले यो अवार्ड हात पारेका थिए । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?