यस्तो छ- आजको विदेशी मुद्राको विनिमय दर

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३१.३० रुपैयाँ रहेको छ भने बिक्री दर १३१.९० रुपैयाँ तथा युरोपियन युरो एकको खरिद दर १४४.६४ रुपैयाँ रहेको छ भने बिक्री दर १४५.३० रुपैयाँ कायम गरिएको छ ।

हिजो डलरको खरिद दर १३१ रूपैयाँ ३० पैसा र बिक्री दर १३१ रूपैयाँ ९० पैसा रहेको थियो भने युरो एकको खरिद दर १४४ रूपैयाँ ०८ पैसा र बिक्री दर १४४ रूपैयाँ ७४ पैसामा कारोबार भएको थियो ।

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६८.७४ रुपैयाँ रहेको छ भने बिक्री दर १६९.५१ रुपैयाँमा कारोबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८७.३१ रुपैयाँ र बिक्री दर ८७.७१ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ६ पैसा र बिक्रीदर ९९ रुपैयाँ ५२ पैसामा कारोबार हुनेछ ।

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३४ पैसामा खरिदबिक्री गर्न सकिने जनाएको राष्ट्र बैंकले दक्षिण कोरिया वन १०० को खरिदमा १० रूपैयाँ ३१ पैसा र बिक्रीदर १० रूपैयाँ ३६ पैसा कायम गरिएको छ ।

यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०४ पैसा र बिक्री दर ३६ रूपैयाँ २१ पैसामा कारोबार हुने जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.०१ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.१७ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.८३ रुपैयाँ रहेको छ भने बिक्री दर २८.९६ रुपैयाँ तथा कुवेत दिनार १ को खरिदमूल्य ४२७.९७ पैसा विक्रीदर ४२९.९२ पैसामा कारोबार गर्न सकिने जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?