एक्सेल्सियर र ज्ञान निकेतन क्वाटरफाइनलमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । द एक्सेल्सियर स्कुल र ज्ञान निकेतन दसौँ ग्रिनफिल्ड कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा सोमबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । एक्सेल्सियरले कान्तिपुरलाई ३१-१३ ले पराजित गर्‍यो । एक्सेल्सियरको जितमा राजीव थापाले नौ अंकको योगदान गर्नुभयो । आयुश रावलको २० अंकको सहयोगमा ज्ञान निकेतनले रेडिअन्ट पब्लिकलाई ५०-४१ ले हरायो ।

जुनियर ब्वाइजमा एन्जल्स हार्टले स्वप्न वाटिकालाई ३०-१४, रेडिअन्टले सिर्जना ज्ञान सागरलाई २२-१६, आयोजक ग्रिनफिल्ड ‘ए’ ले हिमरश्मीलाई ३२–२१, ज्ञान निकेतनले श्री नवीन ज्योतिलाई २९-१२, किङडम हिमालयले महामञ्जुश्रीलाई १३-११ र इडेन ब्रिज एकेडेमी (इबिए) ले साई निलायमलाई २४–८ ले पाखा लगाउँदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे ।

सिनियर गल्र्समा महामञ्जुश्रीले हिमरश्मीलाई १८–१७, भ्याली पब्लिकले पिपुल्स एकेडेमीलाई ३८–१८ र साई निलायमले इबिएलाई २२–१२ ले पन्छ्याउँदै क्वाटरफाइनलमा स्थान बनायो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?