लागूऔषधसहित छुट्टाछुट्टै स्थानबाट सातजना पक्राउ

प्रतिकात्मक तस्बिर

हिमालय टाइम्स
Read Time = 3 mins

भक्तपुर । भक्तपुर नगरपालिका-७ कमलविनायकबाट नियन्त्रित लागूऔषध फेनारगन ६ सय ७० एम्पुल, नुर्फिन ५ सय ३८ एम्पुल, डाईजेपाम ५ सय ८८ एम्पुल र ११ थान हेलमेटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक भोटेकोसी गाउँपालिका-१ घर भएका ३३ वर्षीय रविन तामाङ र उनकै श्रीमती ३४ वर्षीया सुस्मिता खड्का छन् ।

कमलविनायक एरियामा विभिन्न मितिमा पार्किङ स्थलबाट हेलमेट हराएको भन्ने निवेदनको आधारमा प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध र हेलमेटसहित शनिबार दिउँसो पक्राउ गरेको हो ।

यस्तै, बाँके, राप्तीसोनारी गाउँपालिका-९ ढकेरीबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १४ ग्राम ५ सय मिलिग्रामसहित दुईजनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ घोराही उपमहानगपालिका-१५ रतनपुर बस्ने २७ वर्षीय भरत चौधरी र तुलसीपुर उपमहानगरपालिका-१८ हेमन्तपुर घर भएका २८ वर्षीय किरण तिवारी रहेका छन् ।

इलाका प्रहरी कार्यालय कोहलपुर र अस्थायी प्रहरी बिट ढकेरीबाट खटिएको प्रहरीले रा१ब ८९९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवारी उनीहरुलाई उक्त लागूऔषधसहित पक्राउ गरेको छ ।

यसैगरी, दाङ, तुलसीपुर उपमहानगरपालिका-१३ दमारगाउँबाट अवेध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८ ग्राम २ सय १० मिलीग्रामसहित २७ वर्षीय खगेन्द्र डाँगीसमेत दुईजनालाई प्रहरीले शनिबार राति पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले रा७प ७२०० नम्बरको जाँच गर्ने क्रममा उनीहरुलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट अवैध लागूऔषध गाँजा करिब दुई केजीसहित चितवन कालिका नगरपालिका-८ बस्ने २६ वर्षीय राजन बुढाथोकीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुल जिपबाट खटिएको प्रहरीले चितवनबाट पोखरातर्फ जाँदै गरेको ग१ख ८७८३ नम्बरको बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?