-पुरन साह
जनकपुरधाम । उपप्रधान, भौतीक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठले नेपाली कांग्रेस सरकार बाहिर रहेपनि सहकार्यमै रहेको दावी गर्नुभएको छ ।
उपप्रधानमन्त्री बनेपछि पहिलो पटक गृहजिल्ला धनुषा आउनु भएका उहाँले जनकपुरधाम विमानस्थलमा पत्रकारहरुसंग कुराकानी गर्दै यस्तो बताउनु भएको हो ।
कसैको पनि बहुमत नभएको अवस्थामा प्रतिपक्षमा बसेको प्रधानमन्त्रीको प्रतिक्षारत कांग्रेसले एमालेसँग सहकार्यमा बस्नु स्वाभाविक रहेको बताउनु भयो । उहाँले एमाले र प्रतिपक्ष नेपाली कांग्रेससँगको सहकार्यको दुरी टाढा नभएको बताउनु भयो । तर, कांग्रेसले वर्तमान सरकारका गृहमन्त्रीको विरोध गर्नु सुहाउँदो काम भने नभएको बताउनु भयो ।
मधेश सरकारका विषयमा सहमति के भएको हो ? भन्न नचाहेपनि उहाँले सातवटै प्रदेश सरकार पुर्नगठनका लागि दलहरु बिच छलफल भइरहेकाले शिघ्र निर्णयमा पुग्ने बताउनु भयो ।
उपप्रधानमन्त्री महासेठले मधेश सरकारमा एमालेले पठाउने मन्त्रीहरुको निश्कर्ष छिट्टै लाग्ने पनि बताउनु भयो ।
एमालेको तर्फबाट सरकारको नेतृत्व गरिरहनुभएको उपप्रधानमन्त्री महासेठले एमालेसहितको सरकारको पहिलो लक्ष्य नै भौतिक पुर्वाधारको विकास रहेको र आफू त्यसमा केन्द्रित हुने बताउनु भयो । यस अघिको ओली नेतृत्वको सरकारले मधेशको हुलाकी राजमार्ग, महेन्द्र राजमार्गलाई फोरलेन, मध्य पहाडी राजमार्ग, मदन भण्डारी लोकमार्ग सहितका सडक निर्माण अगाडि बढाएको भन्दै निरन्तर जारी रहने बताउनु भयो ।
उपप्रधानमन्त्री महासेठलाई विमानस्थलमा स्वागत गर्न समर्थक, नेता तथा कार्यकर्ताहरु माछा र दहीको भार, विशाल फूलको मालासहित स्वागत गर्न विमानस्थल पुगेका थिए । विमानस्थल समर्थक तथा कार्यकर्ताले भरिभराउ भएको थियो ।
जनकपुरधामस्थित पार्टी कार्यालयमा जिल्ला कार्यसमितिले उहाँलाई सम्मानसमेत गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच