कण्डम दिवसको अवसरमा बुटवलमा म्युजिकल कन्सर्ट हुने

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसरमा बुटवलमा १३ फेब्रुअरी अर्थात भोलि मंगलबार बुटवलमा भव्य म्युजिकल कन्सर्ट हुने भएको छ ।

युवा युवतीहरुलाई लक्षित गरेर कण्डमको प्रयोग तथा यसको फाईदाको विषयमा जानकारी दिने उदेश्यका साथ बुटवलको ट्राफिक चौकका दिउँसाे ३ बजे कार्यक्रम हुन लागेको हो ।

आस्था समूह बुटवल र स्वास्थ्य निर्देशनालय राप्ती दाङको आयोजना तथा एड्स हेल्थकेयर फाउन्डेसनको सहयोगमा  कार्यक्रम हुन लागेको हो ।

कार्यक्रममा नेपालका चर्चित कलकार काली प्रसाद बाँस्कोटाको विशेष प्रस्तुती रहने छ । सार्वजिनिक स्थानमा अयोाजना गरिएको कार्यक्रममा निःशुल्क रुपमा प्रवेशको व्यवस्था, निःशुल्क र गोप्य रुपमा एचआईभी परिक्षण तथा निःशुल्क कण्डम वितरणको कार्यक्रम समेत आयोजना गरिएको ए एच एफ नेपाल लुम्बिनी प्रादेशिक अस्पताल कार्यक्रम संयोजक धर्मराज भट्टराईले जानकारी दिनुभयो ।

सोमबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी म्युजिकल कन्र्सटको विषयमा जानकारी दिँदै उहाँले उक्त कार्यक्रममा गायक कालीप्रसाद बास्कोटासहित अन्य स्थानीय सत्यसाई कला केन्द्रको साँस्कृतिक कार्यक्रम र सचेतनामुलक नाटक समेत प्रस्तुत गरिने बताउनु भयो ।

कार्यक्रममा साहरी कदम नेपालको संयोजकत्वमा लैंगीङ्ग तथा योनिक अल्पसंख्यक समुदायको फेस परेड कार्यक्रम समेत आयोजना गरिएको छ । बुटवलमा आयोजना गरिएको कार्यक्रममा प्रदेश सभा सदस्य जमुना ढकाल,स्वाथ्य निर्देशनालय प्रमुख डा. विनोद गिरी, स्वास्थ्य  कार्यालय रुपन्देहीका प्रमुख गौरव ढकाल लगायतको सहभागीता रहने छ ।

ए एच एफ नेपालका राधेश्याम श्रेष्ठका अनुसार यो संस्था ४५ वटा देशका फैलिएको छ । नेपालको सात वटा प्रदेशमा एचआईभी र एड्सको क्षेत्रमा काम गर्दै आएको छ । ए एच एफ नेपालमा सन् २०११ बाट कण्डम दिवस मनाउन थालेको छ । आस्था समुह बुटवलका अध्यक्ष केशव पुन मगरले युवाहरुलाई टार्गेट गरेर विश्व कण्डम दिवसको कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?