भोजपुरबाट पहिचान पक्षधर चार जना प्रहरी नियन्त्रणमा

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 2 mins

भोजपुर । नेकपा एमालेको भोजपुरमा हुने समृद्धि संकल्प यात्रालाई अवरोध गर्न खोजेको भन्दै प्रहरीले चार जना पहिचान पक्षधरलाई नियन्त्रणमा लिएको छ ।

प्रदेशको कोशी नाममा असहमति जनाउँदै पुन नामांकन हुनु पर्ने माग सहित आन्दोलनमा रहेको पहिचान पक्षधरका चार जनालाई जिल्ला प्रहरी कार्यालय भोजपुरले नियन्त्रणमा लिएको हो । प्रहरीले संयुक्त संघर्ष समितिका संयोजक तथा किराँत राई यायोक्खा भोजपुरका कार्यवाहक अध्यक्ष बिदुर राई, जनता समाजवादी पार्टी नेपालका प्रदेश सदस्य मिना राई, समाजवादी बिद्यार्थी युनियनका केन्द्रिय सदस्य पनन राई र जिल्ला सदस्य दिनेश राईलाई नियन्त्रणमा लिएको छ ।

आगामी कार्यक्रममा बिषयमा बुझनका लागि प्रहरीले पहिचान पक्षलाई सोधपुछका लागि ल्याएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी सुदिपराज पाठकको भनाई रहेको छ । आफना नेता तथा कार्यकर्ताहरु प्रहरी नियन्त्रणमा परेपछि पहिचान पक्षधरले भने बिनाशर्त रिहाई हुनु पर्ने आवाज उठाउँदै आएका छन ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?