लण्डन । अष्ट्रेलियाले विश्व चर्चित द एसेजको तेस्रो खेलमा घरेलु टोली इंग्ल्याण्डलाई जितका लागि २ सय ५१ रनको मध्यम लक्ष्य दिएको छ । तेस्रो दिन वर्षा प्रभावित खेलमा अष्ट्रेलिया दोस्रो इनिङमा २ सय २४ रनमै अलआउट भएपछि इंग्ल्याण्डले मध्यम लक्ष्य पाएको हो ।
पहिलो इनिङमा अष्ट्रेलियालाई २६ रनको अग्रता हुँदा उक्त लक्ष्य पाएको हो । अष्ट्रेलियाका ट्रर्विस हेडले १ सय १२ बलमा ७ चौका र ३ छक्कासहित सर्वाधिक ७७ रन बनाउनुभयो । दोस्रो दिन उस्मान खवाजा ४३, डेविड वार्नर १, मार्नस लाबुसेन ३३ र स्टिभ स्मिथ २ रनमा आउट हुनुभएको थियो ।
इंग्ल्याण्डका स्टुअर्ट ब्रोड र क्रिस वोक्सले समान तीन विकेट लिनुभयो । मोइन अली र मार्क वुडको नाममा २–२ विकेट रहृयो ।
उक्त विजयी लक्ष्य पछ्याएको इंग्ल्याण्ड ५ ओभरमा २७ रन बनाउँदा कुनै विकेट गुमाएको छैन । ज्याक क्रली ९ र बेन डकेट १८ रनमा क्रिजमा हुनुहुन्छ ।
त्यसअघि पहिलो इनिङमा इंग्ल्याण्ड २ सय ३७ रनमा अलआउट भएको थियो । इंग्ल्याण्डलाई पहिलो इनिङमा विशाल अग्रता लिने अवसर रहे पनि त्यो चुकाएको थियो । कप्तान बेन स्टोक्सले १ सय ८ बलमा ६ चौका र ५ छक्कासहित सर्वाधिक ८० रनको इनिङ खेल्नुभएको थियो ।
ओपनर ज्याक क्रली ३३, बेन डकेट २, हृयारी ब्रुक ३, जो रुट १९, जोनी बेयरस्टो १२ र मोइन अली २१ रनमा आउट हुनुभयो । मार्क वुड ८ बलमा १ चौका र ३ छक्कासहित २४ रनमा आउट हुनुभयो । कप्तान प्याट कमिन्सले १८ ओभरमा १ मेडनसहित ९१ रन खर्चेर ६ विकेट लिनुभयो ।
त्यसअघि लिड्समा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अष्ट्रेलिया पहिलो इनिङमा पहिलो दिननै २ सय ६३ रनमा अलआउट भएको थियो । अलराउण्डर मिचेल मार्सले १ सय १८ बलमा १७ चौका र ४ छक्कासहित १ सय १८ रनको सानदार शतकीय इनिङ खेल्नुभएको थियो । ट्रविस हेड ७४ बलमा ५ चौकासहित ३९ रनमा आउट हुनुभयो ।
इंग्ल्याण्डको टोलीमा पुनरागमन गर्नुभएका मार्क वुडले ११.४ ओभरमा ४ मेडनसहित ३४ रन खर्चेर ५ विकेट लिनुभयो । क्रिस वोक्सले तीन र स्टुअर्ट ब्रोडले दुई विकेट लिनुभयो । पाँच खेलको सिरिजमा अष्ट्रेलिया २-० ले अघि छ । एसेज सिरिज जित्न घरेलु टोली इंग्ल्याण्डलाई बाँकी तीनै खेल जित्नुपर्ने दबाब छ । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच